अत्तरिया : कैलाली गोदावरी नगरपालिका–२ मा रहेको शान्ति ग्रीन पार्कमा वृक्षारोपण गरिएको छ । माओवादी केन्द्र गोदावरी नगर कमिटीद्वारा शान्ती ग्रीन पार्कमा वृक्षारोपण गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १०औं स्मृती दिवसको अवसरमा माओवादी केन्द्र गोदावरी नगर कमिटीले पार्कमा वृक्षारोपण गरेको हो ।
माओवादी केन्द्रका गोदावरी नगर इन्चार्ज धर्म सिह कुँवरका अनुसार पार्कमा ५ सय विरुवा रोपिएका छन् । अत्तरिया चोक देखि करिब ३ किलोमिटर दुरीमा रहेको उक्त ग्रीन पार्क १ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ३ बर्ष अगाडि स्थापना गरिएको उक्त ग्रीन पार्कमा स्वीमिङ पुल निर्माण गर्ने तयारी गरीएको इचार्ज कुँवरले जनाएका छन् ।
