डडेलधुरा: डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतरहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
यस्तै मौसम विज्ञान विभागले आज बिहान ८:५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन परामर्श दिएको हो।
साउन २१, बिहान ८ः५० बजे महाकाली नदी डडेलधुरा स्थित पारि-गाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ९५.८० मि। पार गरेको र बढ्दो रहेकोले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा रहनुहुनेहरूले दिउँसो १ बजे सम्म सतर्कता अपनाइराखौँ।
सम्बन्धित पाेस्टहरु