अत्तरिया : नेपाल सीएमए संघ कैलालीको अध्यक्षमा लिला प्रजापति चयन भएकी छन् । सीएमए संघ कैलालीको तेस्रो जिल्ला अधिवेशनबाट प्रजापति अध्यक्षमा चयन भएकी हुन् ।
समितिको उपाध्यक्षमा धर्मराज गिरी, सचिवमा केवल बुढा, कोषाध्यक्षमा दिनेश बहादुर धामी, सह– सचिवमा शिवराज अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा बिष्णु ऐर, खडक सिह धामी, गम्भीर बहादुर खड्का, दुर्गा प्रसाद ओझा चयन भएका छन्।
अधिवेशनबाट ४ जना केन्द्रिय प्रतिनिधि पनि चयन गरिएको छ । जसमा प्रकाश मल्ल, डिल्ली वली, भक्त बहादुर राना, मनोज चौधरी रहेका छन्।