अत्तरिया : कैलालीका सक्रिय मानवअधिकार तथा सामाजिक अभियन्ता, अधिकारकर्मी राजेन्द्र रैका एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४४ को भाईस सेक्रेटरीमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार धनगढीमा सम्पन्न एम्नेस्टी ईन्टरनेशनल नेपालको पाँचौ साधारणसभा तथा अधिबेशनबाट रैका भाईस सेक्रेटरीमा निर्वाचित भएका हुन ।
अधिकारकर्मी रैका दुई दशकदेखि मानवअधिकार सामाजिक न्याय, रुपान्तरण, युवा सशक्तीकरण, दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक विकासका क्षेत्रमा क्रियाशिल छन् ।
कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन्
रैका सामाजिक विकास जागरण मंच नेपालका केन्द्रीय अध्यक्ष, मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिव, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको संचालक समिति सदस्य र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव पदमा रहि मानवअधिकार तथा सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा क्रियाशिल छन् ।
सम्बन्धित पाेस्टहरु