अत्तरिया : सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ। बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको हो । केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ ।
यस्तै ३स्५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको छ । भूकम्पविद् मुकुन्द भट्टराईलेका अनुसार, सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ । त्यसको म्याग्निच्युड यकिन गर्ने कार्य भइरहेको उनले बताए ।