एमाले निकटकै युवा नेताले लगाए पार्टी कार्यालयमा ताला

अत्तरिया, १६ असोज : नेकपा एमालेको धनगढी स्थित सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला पार्टी कार्यालय र धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ ।
प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटमा नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा ताला लगाएका हुन् । एमाले कैलालीको जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका किशोर शाहले मंगलबार पार्टी अफिसहरुमा ताला लगाइएको बताए । उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो ।
धनगढी सहित जिल्ला र बाहिरका विभिन्न क्षेत्रमा नेताहरुले भुगोलमा रहेका युवा नेता, कार्यकर्तालाई छोडेर अन्यलाई प्रतिनिधि बनाइएको तालाबन्दीकर्ताहरुको आरोप छ । यहीँ असोज २१ र २२ गते धनगढीमा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन तोकिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.