धनगढीको विपिन स्टेशनरीविरूद्ध ठगि उजुरी

अत्तरिया : धनगढीको विपिन स्टेसनरीविरूद्ध ठगि मुद्दा दर्ता गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको विपिन स्टेशनरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरिएको हो ।
विपीनबाट मास्टर लाइसेन्सका लागि फाराम भरेकी मनिसा शाहीले प्रवेश पत्र नपाएपछि सो मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । शाहीले विपिनको लापरबाहीका कारण परिक्षा दिनबाट बञ्चित भएको भन्दै उजुरी दिएको बताइन् ।
नौ सय ९० रूपैयाँ तिरेर फर्म भरेको बताउदै परिक्षा केन्द्रमा जाँदा नाम नभएको भन्दै परिक्षा दिनबाट बञ्चित भइन् । उनले साउन २५ गते विपिनमा फाराम भरेकी थिइन । उनका अभिभावक बसन्ती शाहीले विपिनको लापरबाहीका कारण भविष्यमा असर पुगेको बताइन । उनले विपिनले विगतमा पनि यसै गरी लापरबाही गरेको भएपनि व्यक्तिमाथि थुप्रै उजुरी प्रहरीमा दर्ता भएको बताइन ।
उनले व्यक्तिभन्दा पसलविरूद्ध उजुरी दर्ता गरिएको बताइन । उनले नियमन निकायले पसल सिल गर्नुपर्ने माग गरिन् । विपिनका कर्मचारीले उनको भाराम भरेर रकम लिए पनि बुझाएको बारे जानकारी नदिदा प्रवेशपत्र नपाएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.