अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको गोदावरी होटल व्यवसायी संघको नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार सम्पन्न भएको सँस्थाको छैठौं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा नमस्ते होटलका संचालक लक्ष्मण धामी चयन भएका छन् ।
संघको उपाध्यक्षमा बिस्नादेवी बोहरा, महासचिवमा रविन्द्र खड्का, सचिवमा दिलबहादुर खत्री र कोषाध्यक्षमा लालबहादुर धामी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा निर्मला पन्थी, सितादेवी चुनारा, तिलक ओली, अमिनसिंह धामी, रुपादेवि गौतम, कलकसिंह धामी,नारायण बोहरा, पवित्रा भण्डारी र डल्लु रानामगर चयन भएका छन् । उनीहरुले शनिबार सपथग्रहण पनि गरेका छन् ।
सम्बन्धित पाेस्टहरु