कञ्चनपुरमा निल गाई मृत भेटियो

अत्तरिया : कञ्चनपुरको बेलौरीमा एक निल गाई मृत अवस्थामा भेटिएको छ । आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर १ स्थित मटैयामा भाले निल गाई मृत अवस्थामा भेटिएको हो ।

अनुसन्धान जारी राख्दै उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मी, स्थानीय लगायतको रोहवरमा खाल्डो खनेर गाडिएको कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेशकुमार यादवले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.