शहीद गोविन्द गौतमको सालिकमा एमाले अध्यक्ष ओली द्वारा माल्यार्पण

धनगढी : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् । एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहका लागि ओली यहाँ आएका हुन् । धनगढी आएलगत्तै उनले शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरे ।

ओलीसहितका नेता कञ्चनपुर पुनर्वास नगरपालिका-४ स्थित शहीद गोविन्द गौतम पार्क पुगेका थिए । २०७३ फागुन २६ गते सीमा अतिक्रमका विरुद्ध आन्दोलनमा भरतीय सीमा सुरक्षा बल एसएसबीको गोलि लागेर गौतमको मृत्यु भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.