धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु भएको छ । धनगढीमा भईरहेको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ लाई केन्द्रित भएर नेता तथा कार्यकर्ताहरुलाई जनताको पक्षमा काम गर्न आग्रह गरेका छन् ।
उनले भने —“सुदूरपश्चिम प्रदेशमामा हुने बिकास निर्माणका काम देखि लिएर हरे जनताको आसा, भरोसा र बिश्वास जित्ने काम एमालेले गरेको छ । समाजमा चेतना ल्याउनुपर्छ र ल्याउने काम तथा जिम्मेवारी एमालेले मात्र पाउन सक्छ” । नेकपा एमालेको बहुमतको सरकार बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट कठिबद्ध भएर जनताप्रति उत्तरदायी भएर लाग्नुपर्ने बताए ।
बिभिन्न क्षेत्रबाट सुदूरपश्चिम प्रदेश पछाडि परेको भन्दै ओलीले यो प्रदेशलाई आधुनिक, समृद्ध र विकसित बनाउन चाहेको उक्त अधिवेशन मार्फत बताएका छन् । प्रदेश अधिवेशनमार्फत चयन भएर नेतृत्वमा आउने लाई रहेका समस्याहरू हल गर्न सक्नु पर्ने उनको भनाइ छ ।
सुदूरपश्चिमका धार्मीक तिर्थस्थल लगायत प्रर्यटकिय स्थलहरुको समेत जोगेर्ना गरी बिश्वसामु चिनाउन पनि एमाले पार्टीले अहम् भुमिका निर्वाह गर्ने समेत बताए ।