धनगढी, २२ असोज : कञ्चनपुरमा नगदसहित १५ जना जुवाडे पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट १५ जना जुवाडे पक्राउ परेका हुन् ।
आईतबार राति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा रहेको ४५ वर्षीय दिनेश पनेरुको त्रिपूरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।