सुदूरपश्चिम एमाले अधिवेशन : अध्यक्षका उम्मेदवार सिंहले पनि लिए उम्मेदवारी फिर्ता

धनगढी : नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कमिटिको कार्यालयले सिंहले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

नेताहरूले सहमतिकै आधारमा अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका थिए । तर पनि अध्यक्षमा जैशी र अछामका भरत साउदको उम्मेदवारी कायम छ । साउदसँग पनि संवाद जारी रहेको नेताहरुले बताएका छन् । साउदलाई नेता भीम रावलले समर्थन जनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.