अत्तरियामा भेटियो प्लाष्टिकयुक्त चामल

अत्तरिया, २६ असोज : कैलालीमा प्लाष्टिक युक्त चामल भेटिएको छ । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका सागर भट्टले बजारबाट किनेर लगेको चामलमा प्लाष्टिक मिसिएको चामल भेटिएको हो । घरमा सोह्र श्राद्धका लागि बजारबाट किनेर लगेको सिल्की ग्रेडिङ नामक चामलमा प्लाष्टिक भेटिएको उनले बताए ।
भात पकाउनका लागि चामल धुने क्रममा चामलको आकार फरक र मोटो देखिएपछि शंका लागेर आगोमा पोल्दा उक्त चामल प्लाष्टिकझै जलेको भट्टले बताए । स्थानीय लवराज भट्टले पानीले धुँदा चामल माथि उत्रिएपछि शंका लागेको र चेकजाँचका लागि शंका सबै चामलहरू आगोमा पोल्दा प्लाष्टिकझै डल्लो भएको बताए । उनले विगतमा पनि उक्त चामलमा यस्ता समस्याहरू देखिएको बताए ।
आफू घरका लागि दुई केजी किनेर लगेकोमा यस्तै भएको बताए । एक कट्टा चामलमा करिब आधा केजी जति प्लाष्टिक मात्रै राखिएको छ । यस्तो चामल उत्पादनमा कम्पनीको लापरबाही देखिएको बताउँदै उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर परेको बताए ।
उक्त चामल धनगढी राजपुरमा रहेको रश्मी एग्रो प्रोसेसिङ उद्योगको उत्पादन रहेको हो । उक्त नामको चामलका प्राय अघिकाश बोराहरूमा प्लाष्टिक मिश्रित चामल भेटिने गरेको उपभोक्ताहरूको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.