संविधान मास्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका छन् । कैलालीका बिभिन्न क्षेत्रमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गदै उनले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका हुन् । नेपालले नेकपा एकिकृत समाजवादी पार्टी बाहेक जनताका मुद्धा बोक्ने अरु कुनै पार्टी नभएको समेत दावी गरेका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सद्भावलाई भड्काउने र सबिंधान मास्ने काम हुन थालेको बताएका छन् । समाजवादी जागरण अभियान अन्तर्गत कैलालीको टिकापुर, सुख्खडको सभालाई सम्बोधन गर्दै नेपालले त्यस्ता प्रयत्नहरूलाई हामीले असफल पानुपर्नेमा जोड दिएका हुन् । टिकापुरबाट बिहान सभा शुरु गरेका नेपालले धनगढी पुगेर शुक्रबारको अभियान सम्पन्न गरेका हुन् । नेपालले युवाहरूमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताए । जागरण अभियान लिएर जनताको माझमा जाँदा सकारात्मक प्रभाव पाएको जिकिर गर्दै अध्यक्ष नेपालले पार्टीमा आकर्षण बढेको दाबी गरे ।
नेपालले आफ्नो कार्यकालमा सुदूरपश्चिमका बिभिन्न योजनाहरुलाई अगाडी बढाइएको बताए । आफु सरकारमा हुँदा महाकाली देखी गेटा मेडिकल कलेज निर्माणका लागी समेत पहल गरेको नेपालले दावी गरे । अबपनि अन्य दल भन्दा एकिकृत समाजवादीनै जनताका मुद्धा सम्बोधन गर्ने दावी गर्दै उनले सबै शक्तीको बिकल्पका रुपमा समाजवादी उदाएको बताए । नेकपा एकिकृत समाजवादीले मात्रै नेपालमा बिकास र सम्बृद्धी ल्याउने उनको दावी छ ।
अभियानलाई सम्बोधन गर्दै पार्टी महासचिव भुषालले तीन दलका कारण देश उल्झनमा परेको बताए । भुसालले एमालेले चलखेल गरिरहेको र त्यो चलखेलबाट पार्टी अझै ओरालो लाग्ने दाबी गरेका हुन् । मुलुकमा तिनै दलका कारण अलमल पैदा भएको उनले बताए । काग्रेंस अलमलमै, एमाले चलेखलमा र माओवादीसोचे जस्तो अझै प्रष्ट नहुँदा अलमल भएको उनले बताए । उनले अहिलेको अलमल नतोडे मुलुकले असाधारण मूल्य चुकाउनुपर्नेसमेत बताए । भुषालले लोकतान्त्रिक गणतन्त्र एमाले अध्यक्ष केपी ओलीका कारण खतरामा परेको दावी गर्दै उनलअब कम्युनिस्ट पार्टीमा ओली जस्ता पात्र नजन्मिने दावी गरे ।
नेकपा एकिकृत समाजवादी पार्टीले मेची देखी महाकालीसम्म जागरण अभियान शुरु गरेको थियो । शनिबार कञ्चनपुरमा जागरण अभियान सञ्चालन गर्ने पार्टीले सुर्खेतमा पुगेर समापन गर्ने कार्यक्रम छ । पार्टीको जागरण अभियानबाट कार्यक्रताहरुमा थप उल्लास पैदा हुनुका साथै धेरै कार्यक्रता जोडिने काम समेत भएको दावी गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.