पहाडमा असिनाले बालीनाली सखाप, किसान चिन्तित

अत्तरिया : आइतबार पानीसंगै परेको असिनाले बालीनाली सखाप पारेको छ । बैतडीका विभिन्न स्थानमा आइतबार साँझ परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् ।

खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको हो । जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका लगायतका स्थानमा असिनाले बालीनालीमा क्षति पुर्याएको डिलाशैनी ७ का स्थानीय प्रदीप जोशीले बताए ।

पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् । पाकेको बाली भित्र्याउन नपाउँदा निकै दुख लागेको डिलाशैनीका स्थानीय मदनसिंह धामीले बताए ।

यस्तै आइतबार साँझ परेको पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ । फागलाहरुमा काटेको खर भिजेर नष्ट भएको महिलाहरुले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.