कैलालीको मसुरियामा प्रधानमन्त्रीलाई कालो झण्डा

अत्तरिया : कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक समूहले कालो झण्डा देखाएको छ । कालो झण्डा देखाउने समूह क्रान्तिकारी कम्युनिस्ट पार्टीका सदस्य रहेको खुलेको छ ।

प्रधानमन्त्री लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा कालो झण्डा देखाइएको हो । व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसिसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.