गोदावरी नगरपालिकाद्वारा अनुदानमा गहुँको बीउ वितरण गरिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा अनुदानमा गहुँको बीउ वितरण गरिने भएको छ । नगरपालिकाले बार्षीक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्न लागको हो ।

गहुँको बीउ अनुदानमा पाउनको लागि कार्तिक १३ गते भित्र नगरपालिकाको कृषि शाखामा निवेदन दिन किसानहरुलाई आग्रह गरिएको प्रमेख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।

नगरपालिकाले गत आर्थिक बर्षमा पनि किसानहरुलाई गहुँको बीउ विरतण गरेको थियो । नगरपालिकाले यस पटक गहुँको बीउ पाउनको लागि गत आर्थिक बर्षमा पाएको गहुँको परिणाम निवेदनका साथ पेश गर्न आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.