कैलालीको सहजपुरमा बस दुर्घटना

अत्तरिया : कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ । जिल्लाको जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुपर गुराँस यातायातको बस चुरे गाउँपालिका–३ सहजपुरमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षति भएपनि सवार यात्रु सकुशल रहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.