अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको आयोजनामा अत्तरिया बजारमा वृहत सर=सफाइ गरिएको छ । हिन्दुहरुका ठूला पर्व दशै र तिहारको पुर्ब सन्ध्यामा विभिन्न संघ संस्थाको सहयोगमा सर-सफाइ गरिएको हो । सफाई कार्यक्रमको नेतृत्व नगरप्रमुख बिरेन्द्र भट्टले गरेका हुन ।
नगरप्रमुख भट्टले नगरको मुख्य बजारको सुन्दरताका लागि सर-सफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँको पुर्वसन्ध्यामा प्रदेशकै ट्रान्जिट प्वाईन्टका रुपमा रहेको अत्तरियालाई सफा बनाउने लक्ष्य रहेको बताए । उनले अत्तरिया बजार, बसपार्क लगायतका स्थानहरुमा सर-सफाई गरिएको बताए ।
उनले देशभरका यात्रुहरुले बसपार्क फोहोर देख्दा नगरप्रतिको मानसिकता नकारात्मक हुने भएकाले पनि बसपार्क क्षेत्रमा सफा राख्न जरुरी रहेको बताए । उनले पछिल्लो समय नगरले सरसफाईलाई विशेष प्राथमिकता दिएको बताए । उनले नगरपालिकामा एउटा छुट्टै शाखा स्थापना गरि सरसफाईको जिम्मेवारी दिईएको र कहि कतै सरसफाई सम्बन्धी गुनासाहरु भए तत्काल सम्बोधन गरिने समेत बताए ।
यस्तै सर-सफाइ कार्यक्रममा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, बजारका ब्यबसायी लगायत अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिको समेत सहभागीता रहेको थियो । बजारमा नगरपालिकाले दैनिक सफाई गर्ने गरेको भएपनि चाडपर्व को बेला बढी नै फोहोर हुने गर्दछ ।
