बझाङ : बझाङको जयपृथ्वी अस्पताल प्रालि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी (फार्मासिष्ट) माथि हातपात गरेका छन्। डाक्टरको सल्लाह विना औषधी दिन सकिन्न भनेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्का माथि अभद्र व्यवहारसँगै कुटपिट भएको हो। दसैैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ।
जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधि माग्न खोज्दा अस्पतालको फार्मासिष्ट खड्काले उक्त औषधि चिकित्सको प्रिस्क्रिप्सन बिना बिक्रि वितरण गर्न नमिल्ले बताएपछि खड्कालाई गाली गर्नुका साथै उनीमाथि हातपात गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। स्वाथ्यकर्मी खड्का माथि हिजो९मंगलवार० हातपात भएको हो। हातपात गर्ने सोहि ठाउँका सुदिप सुनार र सन्तोष कुवरलाई नियन्त्रणमा लिएको बझाङ प्रहरीले जनाएको छ।