डिलाशैनी गाउँपालिकामा आज शोक बिदा

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ। गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको बिहीवार निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिइएको हो। गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा बोहराले पुर्याएको योगदान सधैं जिवन्त रहने उल्लेख गरिएको छ।

यस्तै समन्वयकारी भूमिका र समाज विकास तथा रुपान्तरणका लागि बोहराका सपना पूरा गर्ने समेत शोक बक्तव्यमा उल्लेख गरिएको छ। गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्था लगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा बोहरा निर्वाचित भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.