बर्दगोरियामा नदीमा डुबेर दुई बालकको मृत्यु

अत्तरिया : नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्लको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

उनीहरु साँझ ५ः३० बजे बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ स्थित काँडा नदीमा नुहाउन गएका थिए। उनीहरुको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.