गोदावरी नगरपालिकामा एकै पटक ठुलो संख्यामा कर्मचारी माग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा २४ जना कर्मचारी माग गरेको हो ।
जारी गरेको सुचना अनुसार कानुन अधिकृत १ जना, वातावरण अधिकृत १ जना, स्रोतव्यक्ती १ जना, कृषि स्नातक १ जना, सिभिल इन्जिनियर १ जना, नगर प्रहरी नायव निरीक्षक १ जना, सहायक कम्प्युर अपरेटर १ जना, नगर प्रहरी हवल्दार १ जना, एम्बुलेन्स र हलुका सवारी चालक २ जना, शव वहान चालक १ जना, नगर प्रहरी जवान ३ जना, कार्यालय सहयोगी ६ जना, माली १ जना, कुचिकार २ जना र भान्से १ जना रहेका छन ।

करार सेवाका लागि खुलाइएको विज्ञापनमा १५ दिन भित्र आवेदन दिन भनिएको छ । आवेदन फारम नगरपालिकाको वेवसाइटमा राखिएको छ ।
विस्तृतमा सुचनामा…

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.