श्रीमतीको हत्या अभियोगमा अछाममा एक पक्राउ

अत्तरिया : अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीया उर्मीला विष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेर बहादुर भण्डारी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार बिहान साढे १० बजे मात्रै खबर भएको थियो। विष्टका श्रीमान शेर भण्डारीले मदिरा सेवन गरेका थिए। उनले मदिरा सेवन गरि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.