अछामको एक नगरपालिकाकी शाखा प्रमुख कलिलो उमेरमा अस्थाइन

अछाम : अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना कुमारी शर्माको कलिलो उमेरमै निधन भएको छ।
उपचारको क्रममा काठमाडौंको ब्लड हस्पिलमा बुधवार बिहान उनको निधन भएको नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन्। पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ घर भएकी शर्मा नगरपालिकामा बिगत ५ वर्षदेखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन्। मृतक शर्माको श्रीमान र एक छोरा छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.