अत्तरिया, ३० कात्तिक : दार्चुलामा गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटनामा परेको छ । जिल्लाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार गाडी दुर्घटना भएको हो ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ स्थित सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका–३ स्थित बगड जामिरमा दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवसिंह सिंहले बताए ।
जिप दुर्घटना हुँदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको छ । घाइते दुबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
सम्बन्धित पाेस्टहरु