विकासमा स्थानीय र प्रदेश सरकारबीच समन्वय भइरहेको छ : मुख्यमन्त्री शाह

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास निर्माणमा स्थानीय र प्रदेश सरकारबीच प्रभावकारी समन्वय भइरहेको बताएका छन् ।

शुक्रबार जिल्ला समवन्य समिति कैलालीको ८ औं जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले जिल्ला समन्वय समितिले स्थानीय सरकार र प्रदेश सरकारबीच पुलको काम गरेकाले विकास निर्माण कार्यमा प्रभावकारी समन्वय भएको औंल्याएका छन् ।

दुई तहका सरकारबीच समन्वयमा राम्रो भूमिका निर्वाह गरेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको समग्र विकासका लागि आगामी फागुन २३ र २४ गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरि अगाडि बढेको समेत जानकारी दिँदै मुख्यमन्त्री शाहले सम्मेलनले पूर्वाधार क्षेत्रको विकासमा फड्को मार्नेसमेत विश्वास व्यक्त गरे ।

कैलाली जिल्लाको प्रकृतिक रुपले सुन्दर रहेको र विशेष गरि पहाडकी रानी भनेर चिनिने चुरे क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्न चुरे सडकमार्ग निर्माणमा आफूले पहल कदमि गरिरहेको बताए । चुरे गाउँपालिकाको सभाहलमा सुरु भएको जिल्ला सभामा आयोजित कार्यक्रममा कैलालीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.