अत्तरिया : कैलालीको अत्तरियाका होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।
आज (आईतबार) गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष,जनप्रतिनिधीहरु,गोदावरी होटल व्यवशायी संघका अध्यक्ष र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट अनुगमनमा खटिएको संयुत्त टोलीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुलाई हिरासतमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उत्त टोलीले अत्तरियास्थीत १ र २ नम्बर गल्ली,वाणिज्य बैंक गल्ली,नमस्ते गल्ली र रिगंरोड गल्लीका ४० ओटा होटलमा स्थाई लेखा नम्बर दर्ता र नबिकरण, वडा कार्यालयमा गरिएको दर्ता, होटलको नाम सहितको बोर्ड, ग्राहकहरु ईन्ट्री किताब र अनैतिक कृयाकलाप भए नभएको बिषयमा अनुगमन गरेको थियो ।