धनगढीमा एक घरबाट ३ लाख नगदसहित ८ तोला सुन चोरी

अत्तरिया : कैलालीको धनगढीमा एक घरबाट चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा एक घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामग्री चोरी भएको जनाएको छ ।

पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको जनाइएको छ। सपरिवार बुधवार पुजाका लागि डोटी गएका थिए। धनगढी घरमा आईतवार पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए। चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरेर लगेको घरधनी बानियाले जानकारी दिए। सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.