अत्तरिया : धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ। धनगढी छ लेन सडक खण्डको भाट भटेनी अगाडि भारतीय गाडी मंगलबारराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन्। तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।
मानवीय क्षति भने भएको छैन्। तारजाली तोड्ने भारतीय एम एच ४ सी टी ९६५४ नम्बरको गाडी नियन्त्रणमा लिइएको छ ।