कैलालीको अत्तरियाबाट २ हजार लिटर मदिरा बरामद

अत्तरिया : कैलालीको अत्तरियाबाट ठुलो परिणाममा मदिरा बरामद गरिएको छ । कैलालीको गोदावरी नगरपालिका-१ बाट दुई हजार लिटर मदिरा बरामद गरिएको प्रहरीले बताएको हो ।

तीन घरबाट सो परिणाममा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले बरामद मदिरा नष्ट गरिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.