कालिका सामुदायिक वनको अध्यक्षमा : खत्री

अत्तरिया, २० मंसिर : कैलालीको कालिका महिला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा शिवराज खत्री चयन भएका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको उक्त सामुदायिक वनको बुधबार भएको पाँचौ साधारणसभा बाट खत्री सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा लोकेश नेपाली, सचिवमा दिपिका भट्टराई, सहसचिवमा कल्पना भट्टराई, कोषाध्यक्षमा बेल्मती खत्री चयन भएकी छन् । यस्तै सदस्यहरुमा गणेश ताम्राकार, साउमी चौधरी, मिना चौधरी र पवित्रा रावल चयन भएका छन् । दुईजना सदस्य नयाँ कार्यसमितिले चयन गर्ने नव निर्वाचित अध्यक्ष खत्रीले बताएका छन् । गोदावरी–३ मा रहेको केदार ईन्टरनेशनल बोर्डिङ स्कूलका सञ्चालक समेत रहेका खत्री बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.