अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्यहरुले सपथग्रहण गरेका छन् । संघको सदस्यमा मनोनित भएका यसोदा भट्ट चोखाल, तेज कार्की र रमेश बोगटीले आज (शुक्रबार) अत्तरियास्थीत संघको कार्यालयमा सपथग्रहण गरेका हुन् । मनोनित सदस्यहरुलाई संघका अध्यक्ष कल्याण सिंह बोहराले सपथग्रहण गराएका हुन् ।
अत्तरिया उद्योग वाणिज्य संघमा गत असार २३ गते कल्याण सिंह बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । चोखाललाई समितिले निर्वाचित भएलगत्तै मनोनित गरेको थियो भने कार्की र बोगटीलाई मंसिर ५ गतेको वैठकले कार्यसमिति सदस्य पदमा मनोनित गरेको थियो । संघको विधानमा निर्वाचित समितिले एक महिला सहित तीनजनालाई कार्यसमिति सदस्यमा मनोनित गर्न सकिने उल्लेख छ ।