अत्तरिया : कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ स्थित भित्रि सडकखण्डमा सुपप्र०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सार्कीको सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ ।