नवजीवन सहकारी अत्तरिया शाखाको साधारणसभा सम्पन्न

अत्तरिया, २४ मंसिर : नवजीवन सहकारी संस्था लिमिटेड अत्तरिया शाखाको एकाईगत साधारण सभा सम्पन्न भएको छ । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको संस्थाको आईतबार अत्तरिया शाखाले आफ्नै भवनको सभाहलमा ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष देवबहादुर बमको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि गौरीगंगा नगरपालीका नगर प्रमुख देवीदत्त कडेल रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख देवीदत्त कडेलले संस्थाको प्रगती र उन्नति चाहने कर्मचारी, सदस्यहरु, समाजसेवी, शिक्षाविद् लगायत सम्पूर्ण व्यक्तित्वहरुको अहम भूमिका रहेको साथै संस्थालाई यही गतिमा अघि बढाउनका निम्ति आगामी दिनहरूमा सबैको योगदान रहने धारणा उल्लेख गरे
“शेयर सदस्यहरुलाई विभिन्न लगानी कर्ताको बैंकहरु भन्दा तपाईं हाम्रो आफ्नै बैंकिङ संस्थामा निक्षेप जम्मा गरौं चाहे बाल बचतको रूपमा होस, मासिक बचत होस् या चाहे आफ्नै सम्पति किन नहोस् नवजीवन सहकारी संस्थामै जम्मा गर्नुहोस्’, उनले भने । “जुन यस संस्थामा बचत गरेको सम्पतिको उचित ब्याजबाट नाफाको हिस्सेदार बन्न सकिनेछ ।’
सुशासनमा दत्तचित्त भएर लाग्ने नेतृत्वको त्यो टीम संचालकहरुले बिना लोप विना लालच, बिना मोहका साथ यो संस्थाको हक र हितका लागि मात्र चाहेर अगाडि बढेको हुनाले यो संस्थामा हाल ३२ हजार भन्दा माथी शेयरसदस्यहरूले यस संस्थालाई विश्वास गरेर संस्थालाई अघि बढाउनका लागि अहम भुमिका निर्वाह गरेको बताए ।
उनले यस संस्थालाई स्थानीय सरकारको तर्फबाट अगाडि बढाउने प्रक्रियामा गौरीगंगा नगरपालिकाले के सहयोग गर्नुपर्छ संस्थागत रूपमा होस अथवा मेरो व्यक्तिगत रुपमा होस सदैव तत्पर रहने बताए ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत अनुसार संस्थाले आर्थिक वर्ष २०७९\०८० मा ५ अर्ब ५० करोड ३७ लाख ८६ हजार रकम बराबरको आर्थिक कारोबार गरेको छ । संस्थाले यस वर्ष १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेखित छ । जुन गत वर्षको भन्दा मुनाफा ७.९८ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै जगेडा कोषमा पनि वृद्धि भई ५५ करोड ५४ लाख पुगेको र संस्थाले ३ अर्ब ९१ करोड ४६ लाख २५ हजार बराबरको रकम कर्जामा लगानी गरेको छ । संस्थाको बचततर्फ पनि गत वर्षको भन्दा यस वर्ष ७.९० प्रतिशतले वृद्धि भई ४ अर्ब ४१ करोड ४५ लाख ४१ हजार रकम बराबरको निक्षेप संकलन भएको उल्लेख छ ।
यस्तै संस्थाको शेयर पूँजीमा पनि गत वर्षको भन्दा ४.७८ प्रतिशतले वृद्धि भएर आ व २०८० आषाढ मसान्त सम्ममा २८ करोड २४ लाख ५४ हजार पुगेको छ भने शेयर सदस्य संख्या पनि वृद्धि भई संस्थाको हाल सम्म जम्मा शेयर सदस्य संख्या ३२ हजार १ सय ४० जना रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले साधारण सभाको अवसर पारेर आबद्ध सदस्यहरु मध्ये संस्थामा उत्कृष्ट कारोबार तथा असल ऋणीलाई सम्मान, शिक्षा पदकमा समेत पुरस्कृत गरेको थियो ।

संस्थाका उपाध्यक्ष चेतराज ओझाको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्बर सिंह गुरुले कार्यक्रम संचालन गरेका थिए । यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर प्रवक्ता गोपालदत्त भट्ट, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा रहेका थिए । साथै सभामा विभिन्न संघ संस्थाका पदाधिकारी, प्रबन्धक, प्रतिनिधि, समाजसेवी–बुद्धिजीवी व्यक्तित्वहरुको समेत उपस्थित रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.