बैतडीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या, युवक पक्राउ

अत्तरिया : बैतडीमा धारिलो हतियार प्रहार गरि महिलाको विभत्स हत्या गरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–३ को बिजुल गाउँकी ५७ वर्षीया हरिना बिष्टको मंगलबार दिउँसो धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले बिष्टको मंगलबार दिउँसो स्थानीय २७ वर्षीय तेजबहादुर चन्दले हत्या गरेको बताए । उनलाई प्रहरीले दिउँसो नै पक्राउ गरिसकेको डीएसपी गिरीले बताए । मानसिक सन्तुलन ठीक नभएका चन्दले मृतक महिलाका दुई वटा बाख्रा समेत धारिलो हतियार प्रहार गरि मारेको प्रहरीले जनाएको छ । मृतकको शव घटनास्थलमै रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.