कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो। यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन्।
विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन। तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ।
पुलको कामले गति लिएको छैन। निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने। विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो। विभिन्न बहाना बनाएर निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत रु २४ करोड ५२ लाख रहेको छ।
हालसम्म रु १२ करोड भुक्तानी भइसकेको छु, उनले भने। पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन्। लामो समय बितिसक्दा पनि पुल निर्माण भएन। अब त पुल बन्नेमा आशंका हुन थालेको छु, लालझाडी–४ का कृष्ण राना भन्छन्। वर्षौदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्।
पक्की पुल निर्माण नहुँदा स्थानीय काठको अस्थायी पुलमा पैसा तिरेर नदी ओहोरदोहोर गर्छन्। पक्की पुल निर्माण नहुँदा वर्षौँदेखि नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ लालझाडी गाउँपालिका–५ का धोके रानाले भने, पक्की पुल निर्माण नहुँदा निकै सास्ती छ। बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन।ु दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठको अस्थायी पुलमा यात्रा गर्ने गरेको लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदले बताए।