सुदूरपश्चिममा कर्मचारीको अभाव अझै उस्तै, समायोजनमा आएकालाई थप समस्या

अत्तरिया : कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका लेखा अधिकृत दीर्घ बहादुर खड्काले आफ्नो सरुवाको लागि दैनिक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित अन्य मन्त्रालयमा पनि धाइरहेका छन् ।

खड्काले अघिल्लो वर्ष फागुन १५ गते गाउँपालिकाकामा सरुवाको लागि निवेदन दिएका थिए । त्यसको केही समय पछि वैशाख २१ गते गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना र प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउँदै बोगटीको सरुवा सहमति दिएको जनाएको थियो ।

त्यसअघि नै अर्थात् वैशाख २० गते कैलालीको कैलारी गाउँपालिका कार्यालयले आफ्नो पालिकामा नेपाल प्रशासन सेवा, लेखा समूह, अधिकृत स्तर छैटौँ तह, लेखा अधिकृत पदको दरबन्दी रिक्त भएको हुँदा प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐर र गाउँपालिका अध्यक्ष राम समझ रानाले सरुवा सहमति दिएका थिए ।

त्यस विषयमा उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी दिएका थिए । बेल्डाडी गाउँपालिका ले जान र कैलारी गाउँपालिकाले आउन सहमति दिएको ६ महिना सम्म पनि खड्काको सरुवा भएको छैन । यस विषयमा खड्काले पटक पटक पटक संघीय मामिला तथा सामान्य प्रशासनमा निवेदन समेत दिएका छन् । तर, उनको सरुवा अहिले सम्म भएको छैन ।

खड्का एउटा उदाहरण मात्रै हुन् अहिले प्रदेश र स्थानीय तहमा समायोजन भएर आएका कर्मचारीहरूको समस्या यस्तै छ । सरुवाको लागि ६ महिना देखी तीनै तहको सरकार धाइरहेको छु तर, अहिले सम्म भएको छैन खड्काले भने, हामी राष्ट्रसेवक कर्मचारीलाई सरकारले फरक दर्ताको व्यवहार गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.