अत्तरिया, : कैलालीको गोदावरी नगरपालिका–१२ को चौकी, सिम, चाप र सल्लीमा विद्युत बलेको छ । ११ केभी विद्युत लाइन विस्तार गरिएपछि विद्युत बलेको हो ।
धनगढी वितरण केन्द्रबाट निर्माण सम्पन्न भएको विद्युत लाइनको आईतवार प्रदेश सांसद तुलशी देवकोटा र नगरप्रमुख वीरेन्द्र भट्टले संयुक्त रुपामा उद्घाटन गरेका हुन् ।
सुगँम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रुपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन् । ११ केभी विद्युत लाइन बिस्तार भएपछि सहज हुने वडा अध्यक्ष भीम खड्काले बताए । खड्काका अनुसार चाप सल्ली सिम लगायतका ठाउँहरुमा विजुल बाल्न एसटी लाईनको ८५ पोल र एलटी लाइनको एक सय पोल विद्युत प्राधिकरणले राखिसकेको छ ।
यस्तै तीन ठाउँमा ट्रान्सर्फमर समेत राखिएको छ । सल्लीमा पनि मेन लाइनको पोल गाडिसकेको र ठेकेदार कम्पनीले काम गरिरहेको खड्काले बताए । उनले वडा नम्बर १२ का विकट बस्तीमा बत्ती बाल्न पाएकोमा खुशी ब्यक्त गरे । ‘यो खुशीको क्षण हो, अहिले सिममा बत्ती बाल्न सफल भयौं । अब काम भैरहेको छ । माथिका सबै बस्तीमा बत्ती बल्छ अब । अघिल्लो बर्ष नै सकिने काम हो यो तर ठेकेदार कम्पनीको ढिला सुस्ती ले ढिलो भयो । अब सडक पुर्याउन सक्यौं भने पहाडलाई तराईसंग जोडन सहज हुन्छ’ अध्यक्ष खड्काले भने ।
बर्षौपछि बत्ती बलेपछी स्थानीय समेत खुशी भएका छन् । स्थानीयहरुको लामो प्रतिक्षापछि विद्युत बलेपछि स्थानीयहरु हर्षित भए । सुँगम जिल्लाका दुर्गम गाउँ भनेर चिनिने गोदावरी १२ मा स्थानीय तहको निर्वाचन भएको लामो समय वित्दा पनि बत्ती बल्न सकेको थिईन् ।
जनताको मागलाई ध्यानमा राखेर दुर्गमका बस्तीहरुमा विद्युत बाल्न सफल भएको मेयर विरेन्द्र भट्टले बताए । नगरका १२ वटै वडामा समानुपातिक विकास गर्ने ध्ययका साथ आफु अगाडि बढेको मेयर भट्टको भनाई छ । ‘कतिपय व्यक्तिहरु अत्तरिया आसपासको विकास देखेर मुल्यांकन गरेका हुन्छन’, उनले भने । ‘सबै वडामा आधारभूत विकास पुगाउने उदेश्यका साथ अगाडि बढेका छौँ ।’ उनले नगरका सबै वडामा उज्यालो पुगाउने उदेश्यका साथ अगाडि बढेको बताए । वडा अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गोपाल भट्ट, प्रेम बडैला, रबिन्द शाही लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु