अत्तरिया : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल गोदावरी नगरसमितिको अध्यक्षमा रमेश भट्टराई मनोनित भएका छन । भट्टराईलाई तरुण दलकै कैलाली जिल्ला सभापति निराजन खड्काले गोदावरी नगरअध्यक्षमा मनोनित गरेका हुन ।
बिहिबार उनलाई मनोनयन पत्र दिईएको छ । यसअघि नेपाल तरुण दल कैलाली जिल्ला कार्यसमितिको मंसिर ३० गते बसेको बैठकले उनलाई गोदावरी नगरअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको थियो । भट्टराई विगतदेखी नै नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहदै आएका छन । उनि अत्तरिया उद्योग वाणिज्य संघको सदस्य पनि हुन भने विभिन्न सामाजिक क्षेत्रमा उनले कार्य गर्दै आईरहेका छन ।