सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको प्रथम प्रज्ञा सभा सम्पन्न, ऐन संशोधनका लागि प्रदेश सभामा पठाइने

धनगढी, ६ पुस : सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको प्रथम सभा एबम् परिषद् बैठक सम्पन्न भएको छ। शुक्रबार धनगढीमा प्रतिष्ठानका कुलपति तथा प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभा बैठकले प्रतिष्ठानको ऐन संशोधन प्रकृया तत्काल अगाडि बढाउने,प्रतिष्ठानलाई पूर्ण स्वायत्त बनाउन पहल गर्ने, कार्यसमितिलाई छिटो पूर्णता दिने र कार्यालय जनशक्ति व्यबस्थापन गर्ने तथा कार्यक्रम कार्यान्वयन ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकमा प्रतिष्ठानका कुलपति तथा मुख्यमन्त्री शाहले प्रतिष्ठानलाई स्वायत्त र स्रष्टामुखी बनाउन आफू प्रयत्नशील रहने र चाँडै ऐन संशोधनका लागि प्रदेश सभामा पठाउने जानकारी दिए। सामाजिक विकास मन्त्री तथा प्रतिष्ठानका सहकुलपति झपटबहादुर साउदले ऐन संशीधनका लागि मन्त्रालय अगाडि बढेको बताउदै राय परामर्सका लागि अर्थ र कानून मन्त्रालय पठाइएको बताए। अर्थ र कानूनले अनुमति दिने बित्तिकै प्रस्ताब क्याबिनेटमा लैजाने उनले बताए।
सभामा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले कुलपति तथा सहकुलपति समक्ष प्रतिष्ठान चाँडो पूर्णता दिन र ऐन संशोधन तत्काल गरि स्वायत्त बनाउन लिखित आग्रह गरे। उपकुलपति नियुक्त भएको १५ महिना भैसक्दा पनि प्रतिष्ठानले पूर्णता नपाएको, ऐन संशोधन नहुदा कतिपय कारबाही अगाडि बढ्न नसकेको,कार्यालय सञ्चालनमा कठिनाइ भैरहेको, ऐनमा सेवा सुबिधा उल्लेख नभएकोले तत्काल ऐन परिमार्जन गरि केन्द्रको नेपाल प्रज्ञा जस्तै अधिकार सम्पन्न बनाउन सरकारसमक्ष अपील गरेका छन्।उनले सबै कुरा बुझेर पनि केही स्रष्टाहरू ब्यक्तिगत प्रतिशोधमा लागिरहेको देखिएकोले स्रष्टाहरूलाई संयमित हुन र यथार्थ बुझिदिन पनि आग्रह गरेका थिए। ऐन संशोधन प्रदेश सभाको विषय भएकोले सभाले त्यसको टुङ्गो चाँडै टुङ्गो लगाउने अपेक्षा उपकुलपति जोशीको छ।
सभा बैठकमा प्रदेश सरकारका प्रमुख सचिब डा.हरि लम्साल र सामाजिक विकास मन्त्रालयका सचिब गणेशबहादुर सिंहले पनि प्रज्ञा प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउन आफ्नो सहयोग रहने बताएका थिए। साथै चाँडै ऐन संशोधनमा पठाइने समेत बताए।
२ दिनसम्म चलेको परिषद् र सभा बैठकमा प्रतिष्ठानका तत्काल कायम रहेका पदाधिकारी तथा आमन्त्रित बिज्ञको सहभागिता थियो। बैठकमा मुख्यमन्त्री कमलबहादूर शाह, सामाजिक विकास मन्त्री झपटबहादुर साउद,सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी, प्रदेश सरकारका प्रमुख सचिब डा.हरि लम्साल, सामाजिक विकास मन्त्रालयका सचिब गणेशबहादुर सिंह, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सचिब कुलराज सोती, मुख्यमन्त्रीका निजी सचिब नारायण शर्मा, कानून अधिकृत दानबहादुर सुनार र प्रज्ञा-प्रतिष्ठानका लेखा प्रमुख मदनसिंह महरालगायतको सहभागिता थियो।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.