अत्तरिया, ७ पुस : कैलालीको गोदावरी नगरपालिका–४ मा दुना टपरी बनाउने तालिम सुरु भएको छ । महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका– ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले तालिमको आयोजना गरेको हो ।
तालिमको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेद्र भट्टले उद्घाटन गरेका हुन । उनले महिलाहरुलाई रोजगार संग जोड्न तालिम महत्वपूर्ण हुने बताए ।
तालिम ७ दिनसम्म संचालन हुने वडा अध्यक्ष हेम प्रकाश मल्लले जानकारी दिए । उनले तालिममा ३५ जना सहभागि रहेको बताए ।