अत्तरिया, ७ पुस : नेपाली काँग्रेसका सह–महामन्त्री एवं प्रतिनिधिसभा सांसद बद्री पाण्डेले गुणस्तरिय कानुन बनाएमा देश आफै बन्ने बताएका छन् ।
शनिबार धनगढीमा बाजुरेली समाजले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । ‘गुणस्तरिय कानुन बनाएमा मेरो मान्छे, मेरो ठाउँ बनाउनुपर्दैन्’, उनले भने । ‘देश आफै बन्छ ।’ संसदमा सिष्टता पुर्वकरुपमा सक्रिय रहेको उनको भनाई छ । उनले आफ्नो प्राथमिकतामा तीन वटा काम रहेको उल्लेख गरे ।
संसद, पार्टी र जिल्ला आफ्नो प्राथमिकतामा पर्ने गरेको उनको भनाई छ । पार्टी सुधार भए मात्र देश सुधार हुने उनले बताए । ‘मैले मिडियावाजी कहिले गर्दैन । म प्रचारात्मक पनि होइन । परिणात्मक काम गर्ने हो ।’, उनले भने ।
अहिलेका कतिपय सांसदहरुको ध्यय मिसन चौरासीमा रहेको भन्दै त्यसमा उनले आपति जनाए । ‘अहिलेका सांसदहरु मिसन चौरासीमा छन् । नयाँ दलकै साथमा लागेर मिसन चौरासीमा पुराना दलहरु लाग्न आवश्यक छैन’, अहिलेका लागि निर्वाचित भईसकेपछि काम पनि अहिले नै गर्ने हो ।’ नेता पाण्डेले कृषिमा युवा पुष्ता जोडिन आवश्यक रहेको औल्याए । ‘बाजुराको उत्पादन कोदो, सिमिलाई बजारीकरण गर्ने शक्ति युवामा मात्र रहेको छ’, उनले भने । बाजुरा सेवा समाजलाई साझा थलो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
सम्बन्धित पाेस्टहरु