धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

अत्तरिया : कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागुऔषधपिहत दुई जना पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय आरिक अन्सारीसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध ब्यूरो शाखा कार्यालय, महेन्द्रनगरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.