गोदावरीको खैरानामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.