अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले स्थानीयस्तरमा उत्पादित दुना टपरीको बजारीकरण जिम्मा लिने घोषणा गरेका छन् ।
नगरपालिकाको ४ नं. वडामा शुक्रवार सम्पन्न दुना टपरी बनाउने तालिम सम्पन्नमा बोल्दे सो घोषणा गरेका हुन् । मेयर भट्टले भने, ‘स्थानीय स्तरमा पालिस्टिकरहित दुना टपरी बनाए पश्चात् बजारमा बिक्री वितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौँ। यदि अत्तरिया–धनगढी बजारमा उत्पादित दुना टपरी बिक्री वितरण हुन नसके गोदावरी नगरपालिकाले त्यसको बजारीकरण एवं ब्याबस्थापनको जिम्मा लिन्छ ।’