अत्तरिया : गोदावरी नगरपालिका वडास्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका वीच नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले यस क्षेत्रमा रहेका सम्पूर्ण विद्यार्थीको हक अधिकार, शिक्षा, स्वास्थ्य र पोषण सहित गुणस्तरिय शिक्षा सुधारका लागि पालिकाले गर्दै आएको सहयोग निरन्तरता सहित थप सहयोग गर्ने कुरा बताए ।
यस विद्यालयमा केही दिनमा नै भारतीय राजदुताबासको आर्थिक सहयोगमा ठूलो पक्की भवन बन्नमा हामीले पालिकाको तर्फबाट दुर्गा माविलाई सहयोग गरेको बताए । निर्वाचनको समयमा बोलेका वाचाहरुलाई सबै वडाहरूमा अव्यवस्थित बसोबासलाई यसै आर्थिक वर्षमा पुर्जा दिने गरी काम अगाडि बढाउँदै गरेको कुरा समेत बताए । कार्यक्रममा वडा भित्र रहेका विभिन्न विद्यालयमा प्रत्यक वर्ष छुट्टाछुट्टै विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नाले विभिन्न विद्यालय बीच नजिकको सम्बन्द हुनुको साथै विद्यार्थीमा भएको बौद्धिक, शारीरिक, चौतर्थी विकासका लागि यस कार्यक्रमको ठूलो भूमिका रहेको वडा न ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए
कार्यक्रमको सभापतिमा गोदावरी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लको सभापतित्वमा संचालित कार्यक्रममा वडा भित्र रहेका सम्पूर्ण विद्यालय शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । अतिरिक्त क्रियाकलापको कार्यक्रममा राष्ट्रिय मावि बास्कोटा, लक्ष्मी मावि बुढितोला, भगवती आधारभूत विद्यालय फुलबस्ती, चाँदनी आधारभूत विद्यालय, गोलादेव आवि लगायत विद्यालयहरुको उपस्थिति रहेको थियो ।
केही दिन पछि रनिङ शिल्ड हुँदै गर्दा यस प्रकारका कार्यक्रमले विद्यार्थीको उज्जल भविष्य सङ्गै खेल जगतमा राम्रो स्थान हासिलका लागि बाटो खुल्ने जनाए । कार्यक्रमको शुभकामना मन्तब्य दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्ण साउदले गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक प्रेमराज पाठकले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु