अत्तरिया, १३ पुस : सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाको अनुगमन र निरीक्षण गर्ने क्रममा शुक्रबार बाजुराको बुढिगङ्गा–बिराबगर सडक पुल उद्घाटन, त्रिवेणी नगरपालिका वडा नम्बर–४ मा रहेको मालागाड मोटरेबल पुल र बडिमालिका नगरपालिका वडा नम्बर २ भौनेरा नदी मोटरेबल पुलको शिलान्यास गरेका छन् ।
मन्त्री देउवालाई त्रिवेणी नगरपालिकाका नगरप्रमुखले नगरपालिकाका समस्या सहितको ज्ञापन–पत्र बुझाएका छन् । मन्त्री देउवालाई बडिमालिका क्याम्पस बुढीगङ्गामा स्वागत तथा सम्मान गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
बाजुराका योजना अनुगमनको क्रममा बडिमालिका नगरपालिका उपप्रमुखले मन्त्री देउवाको स्वागत गर्दै नगरपालिकाका तर्फबाट प्रदेश सरकारलाई माग पत्र बुझाए । मन्त्री देउवाको जिल्ला भ्रमण टोलीमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य मेघराज खडका, मान बहादुर रावल र बाजुरा जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्का सहभागी रहेको मन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु