अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गेटा आँखा अस्पतालले सुदूरबासीहरुलाई सर्वसुलभ सेवा दिन सफल भएको बताएका छन । शनिबार नेपाल नेत्रज्योती संघको दोश्रो प्रदेश अधिवेशनमा बोल्दै नगरप्रमुखले प्रदेशबासीहरुलाई आँखा अस्पतालले सहज एवम् सुलभ सेवा प्रदान गरिरहेको बताए ।
उनले आँखा अस्पतालको सेवाले आफु निकै खुसी भएको समेत बताए । नगरको आर्थिक सहयोगमा आँखा अस्पतालमा निर्माण भैरहेको चमेना गृहको निर्माण कार्यलाई तिब्रता दिनका लागि पनि आफु कटिबद्ध रुपमा लाग्ने उनको भनाई थियो । फरक प्रसंगमा उनले प्रदेशकै पहिचानको रुपमा रहेको गेटा मेडिकल कलेजको सञ्चालनका लागि निरन्तर समन्वय गरिरहेको बताए । उनले मेडिकल कलेजको यथासिघ्र सञ्चालनका लागि स्वास्थ्यमन्त्रीलाई अनुगमनका लागि आग्रह गरेको समेत वताए । नेपाल नेत्र ज्योती संघ सुदूरपश्चिमका अध्यक्ष चक्रबहादुर सिंहको सभापतित्वमा अधिवेशन आयोजना गरिएको थियो । अधिवेशनमा गेटा आँखा अस्पताल अन्र्तगत प्रदेशभर रहेका अस्पतालले हालसम्म दिएका सेवा सुविधा तथा कार्यका बारेमा जानकारी दिईएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा नेत्र ज्योति संघ केन्दीय कार्यसमितिमा भरतबहादुर चन्द र दोर्ण प्रसाद गुरागाई सहित विभिन्न जिल्ला बाट जिल्ला प्रतिनिधि, अस्पताल प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। गेटा आँखा अस्पताल अन्तर्गतब सुदूरपश्चिम प्रदेशभर रहेका अस्पतालले हालसम्म दिएका सेवा सुविधा तथा कार्यविवरण अस्पतालका निर्देशक डाक्टर शुरेश राज पन्तले प्रोजेक्टरको सहायताले देखाएका थिए । २०३८ (सन १९८१) सालमा संचालित गेटा आँखा अस्पतालले गत वर्ष मात्र २ लाख ७० हजार ४ सय ९६ ले सेवा लिएका छन् भने हाल सम्म २० लाख १५ हजार १३२ जनाले हाल सम्म सेवा लिएका छन । हाल सम्म अस्पताल तथा गाउँ बस्तीमा स्वास्थ्य शिविरबाट गेटा आंखा अस्पतालले ४५ लाख ९९ हजार ८२० ओपिडी सेवा लिए भने ६ लाख ६० हजार ६९७ लाई अस्पतालले सेवा दिएको निर्देशक डा.पन्तले कार्यक्रममा बताए ।
सम्बन्धित पाेस्टहरु